Logo १९ कार्तिक २०८२, बुधबार | Wed Nov 5 2025


सिरियामा भएको हवाइ हमलामा ३० हजार बालबालिकाको मृत्यु, दुई लाख विस्थापित


0
Shares

काठमाडौं, पुस १३ । रसियाले सिरियामा गरेको हमलाको विरोधमा टर्कीको राजधानी इस्तानबुलमा हजारौं सर्वसाधारणले प्रदर्शन गरेका छन् ।

सिरियाको इडलिब प्रान्तमा भएको हमलाको विरोधमा हजारौं प्रदर्शनकारीहरुले टर्कीको स्तानबुलमा रहेको रुसी महावाणिज्य दुतावास अघि प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीहरु प्राय टर्कीमा बसोबास गर्ने सिरियालीहरु रहेको बताइएको छ । सिरियाको उत्तरी इडलिब क्षेत्रमा आम नागरिकको हत्यामा रसिया संलग्न रहेको उनीहरुको आरोप छ ।

प्रदर्शनकारीहरुले आक्रमणबाट घाइते भएका महिला तथा बालबालिकाको तस्विरसहित नाराबाजी गरेको समाचारमा जनाइएको छ ।

उनीहरुले बालबालिका र महिलामाथि आक्रमण हुँदा पनि विश्व समुदायले आफूहरुका कुरा नसुनेको भन्दै चिन्तासमेत व्यक्त गरेका थिए ।

पछिल्ला दिनहरुमा सिरियामा भएको हमलामा ३० हजार भन्दा बढी बालबालिकाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

संयुक्त राष्ट्रसंघका अनुसार हालैका दिनमा भएको आक्रमणमा दुई लाख भन्दा बढी बिस्थापित भइसकेका छन् भने यो हिंसा नरोकिए अझै ४ लाख भन्दा बढी मानिस बिस्थापित हुने अनुमान गरिएको छ । एजेन्सी