Logo ७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026


एक हजार श्रमिक छनोट गरिँदै


0
Shares

काठमाडौं । सरकारले इजरायलको रोजगारीका लागि लिएको अन्तर्वार्ताको अन्तिम नामावली तत्कालै सावैजनिक गर्ने तयारी गरेको छ। वैदेशिक रोजगार विभागले रोजगारीका लागि इजरायल जाने नेपाली युवाको शनिबार अन्तर्वार्ता सम्पन्न गरेर नेपालको तर्फबाट गर्ने छनोट प्रक्रियाको काम पूरा गरेको छ। अन्तर्वार्तामा सहभागी हुन मापदण्डमा परेका दुई हजारमध्ये एक हजार छ सय जनाको नामावली इजरायलको जनसंख्या तथा अध्यागमन निकाय (पिवा) मा पठाइन्छ ।

यसका लागि अन्तर्वार्ताबाट छनोट भएका युवाका नाम तत्कालै प्रकाशित गर्ने तयारी रहेको विभागका निर्देशक कृष्णप्रसाद ज्ञवालीले बताए । छनोटका लागि लिइएको लिखित तथा अन्तर्वार्तालाई निष्पक्ष, पारदर्शी र सुरक्षित बनाउन नेपालस्थित इजरायली दूतावासको प्रत्यक्ष सुपरिवेक्षण रहेको उनले बताए ।

‘लिखित र अन्तर्वार्ता लगायतका छनोट परीक्षामा निष्पक्षता होस् भनेर हामीले लिखित तथा अन्तर्वार्ता लगायतका छोनोट परीक्षा मापदण्ड अनुसार सबै सिलबन्दी रुपमा गरेका छौं’ उनले भने । आन्तर्वार्तामा बस्ने एक समूहलाई अर्को समूहसँग सम्पर्क नराख्न सक्ने गरी व्यवस्थापन गरेको विभागले जनाएको छ ।

कारोबार