
फाइल तस्बिर
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अधयक्ष केपी ओली अहंकारको घोडाबाट खसेपछि गालीगलौजमा उत्रिएको बताएका छन् ।
शनिबार हेटौडामा आयोगित जिल्लास्तरीय कार्यकर्ता भेलामा पूर्वप्रधानमन्त्रीसमेत रहेको नेपालले आगामी चुनावमा एमलेलाई टर्च बालेर खोज्नुपर्ने बताए ।
‘एमाले आगामी चुनावमा टर्च बालेर खोज्नुपर्ने अवस्थामा गइरहेको हेर्दै जानुस् । केपी ओली अहंकारको घोडाबाट खसेपछि गालीगलौजमा लागेका छन् । उनीहरुके काम नै गाली गर्ने, तयसैमा रमाउँछन् । हामी त्यस्तो गर्ने छैनौं । सद्बुद्धि आओस्, मति सुध्रियोस् । हामी गलत बाटोमा जान चाहान्नौं । नत्र त उहाँहरु र हामीमा के फरक ?’ उनले भने । नयाँ पत्रिका










प्रतिक्रिया दिनुहोस्