Logo १९ कार्तिक २०८२, बुधबार | Wed Nov 5 2025


१०० जना सवार विमान दुईतले भवनमा ठोक्किएपछि… (११ तस्वीर)


0
Shares

काठमाडौं, पुस ११ । मध्य एसियाली मुलुक काजखास्तानमा एक विमान दुर्घटना हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ ।

शुक्रबार बिहान बेक एअरको विमान चालकदलका सदस्य र यात्री गरी १०० जना बोकेर उडेको थियो ।

विमानस्थलका अधिकारीहरुकाअनुसार अमाल्टी विमानस्थलबाट उडेको केहीबेरमै विमान दुर्घटनामा परेको थियो ।

विमानमा चालकदलका पाँच सदस्य र ९५ यात्री सवार थिए । त्यसमध्ये ८ जना बालबालिका थिए ।

दुर्घटनामा करिब ६० जना घाइते भएका छन् । घाइते हुनेमा बालबालिकाहरु पनि छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

दुर्घटनास्थल आसपास त्यस समयमा बाक्लो कुहिरो लागेको बताइएको छ ।

विमान दुईतले भवनमा ठोक्किएर दुर्घटना भएको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।

विमान भवनमा ठोक्किएपनि आगोलागी भएन । सोही कारण धेरै यात्रीलाई जीवितै उद्धार गरी तत्कालै अस्पताल लगिएको थियो ।

विमान काजखस्तानको सबैभन्दा ठूलो सहर अल्माटीबाट राजधानी नुर सुल्तानतर्फ जाँदै थियो ।

यसअघि, त्यहाँको आन्तरिक मन्त्रालयले मृतकको संख्या १५ रहेको जनाएको थियो । अहिले सच्याएर पाइलटसहित १२ जनाको मृत्यु भएको जनाएको छ । (एजेन्सी)