
काठमाडौं, असोज ८ । नारायणहिटी दरबार संग्रहालयभित्र राखिएको श्रीपेचमाथि एक युवकले खुकुरी प्रहार गरेका छन् ।
नारायणहिटी दरबार संग्रहालय अवलोकनमा पुगेका ती युवकले सँगै राखिएको खुकरी निकालेर श्रीपेच राखिएको शीशाको बाकसमा प्रहार गरेको हाम्रा संवाददाता गृष्मा राजभण्डारीले जानकारी दिनुभएको हो ।
शुक्रबार बिहान अवलोकनका लागि संग्रहालय पुगेका पश्चिम रुकुम मुसिकोट– ११ का २५ वर्षीय खिमबहादुर घर्तीले खुकुरी प्रहार गरी शीशा फुटाएर श्रीपेच निकाल्न खोजेका हुन् ।
यसअघि पनि संग्रहालय पुगेका घर्तीले तेस्रो प्रयासमा श्रीपेचमाथि प्रहार गरेको बताएका छन् । श्रीपेच निकाल्न खोज्ने उनलाई तत्कालै सुरक्षार्थ रहेका सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् ।
आफू राजा हुन आएको भन्दै ती युवकले श्रीपेच निकाल्न खोजेका थिए । श्रीपेच निकालेर लगाउने दाउमा उनी रहेको सुरक्षाकर्मीले बताएका छन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्