
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचो)ले वायुको अधिकतम सुरक्षित तह घटाइदिएपछि नेपालजस्ता अति प्रदूषणयुक्त मुलुक झनै दबाबमा परेका छन् ।
डब्लुएचओले १५ वर्षअघिको निर्देशिका परिमार्जन गरेर पिएम २.४ र पिएम १० भनिने सुक्ष्म कणको अधिकताम मात्रा साविकभन्दा क्रमश: झन्डै तीन गुणासम्म मसिना प्रदूषित कण पिएम २.५ को मात्रा १५ माइक्रोग्राम प्रतिघनमिटरभन्दा बढी भएमा त्यो हावा प्रदूषित मानिनेछ, जसले मानव स्वास्थ्यलाई हानि पुर्याउँछ ।
सन् २००५ को निर्देशकामा यस्तो मात्रा २५ तय भए पनि १५ वर्षको अध्ययनमा सो मापदण्डभित्र रहेको हावा पनि हानिकारक पाइएपछि डब्लुएचओले घटाइदिएको हो । अब यो मापदण्ड वार्षिक औसत ५ भन्दा बढी हुनुहुँदैन । ‘काठमाडौंको हावा यसअघि नै डब्लुएओको मापदण्डा भन्दा पाँच गुणासम्म बढी प्रदूषित थियो, नयाँ मापदण्डअनुसार त १० गुणा हुने भयो,’ वातावरणविद् भूषण तुलाधरले भने, ‘अच्वस्छ हावा बढ्यो भनेर आत्तिने होइन, घटाउनतिर लाग्नुपर्यो । न्युनीकरण गर्न नसकिने भन्ने हुँदैन।’
नेपालले सन् २०१२ यता पिएम २.५ को मापदण्ड २४ घण्टामा ४० अंकसम्म पुग्दा स्वच्छ हावा मान्दै आएको छ । तर, वायु प्रदूषणको अवस्था पहिले सोचिएभन्दा खतरनाक रहेको निष्कर्ष निकालेको डब्लुएचओले कुल वायुको गुणस्तरको मापदण्ड मात्र होइन, प्रदूषणमा मुख्य भूमिका रहने नाइट्रोजन डाइअक्साइडजस्ता रसायनको अधिकतम सुरक्षित तह पनि झारिदिएको छ । कोप २६ सम्मेलनअघि नै उत्सर्जन घटाउन तथा जलवायु परिवर्तनको सम्बन्धमा काम गर्न डब्लुएचओले आफ्ना एक सय ९४ सदस्य राष्ट्रलाई बुधबार आह्वान पनि गरेको छ ।
प्रतिक्रिया दिनुहोस्