Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


घरायसी विवादमा जेठाजुले गरे बुहारीको हत्या


0
Shares

धनुषा, पुस १० । धनुषाको मिथिला नगरपालिकामा घरायसी विवादमा जेठाजुले आफ्नै बुहारीको खुकुरी प्रहार गरी हत्या गरेका छन् ।

वैदेशिक रोजगारमा रहेका भाई मिश्रि पजियारका ३८ वर्षिय श्रीमति रानी देवी पजियारका जेठाजु श्रीप्रसाद पजियारले बुधवार दिउँसो मिथिला नगरपालिका ९ बडहरीमा खुकुरी प्रहार गरी हत्या गरेका हुन ।

जनकपुरधाम उपमहानगरपालिका वडा २१ कुर्था निवासी श्रीप्रसाद साहले बहिनीको घर बडहरी गएकी रानीलाई खुकुरी प्रहार गरेका हुन । बडहरीमा श्रीप्रसादको साढूको घर रहेको छ ।

रानी आफ्नो बहिनीको घर गएकी थिइन भने श्रीप्रसाद आफ्नो साढू कहाँ गएका थिए । सोही क्रममा नजिकको आँपको बगैचामा घरायसी विवाद भएको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी रानीको उपचारको क्रममा जनकपुरधाम स्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरिक्षक रामकुमार यादवले बताएका छन ।

मर्नुअघि रानीले घरयासी समान्य विवादमा आफ्नै जेठाजु श्रीप्रसादले आफूलाई पछाडिबाट खुकुरी प्रहार गरेको बयान दिएको प्रहरी निरिक्षक यादवले जनाएका छन् ।

खुकुरी प्रहारबाट उनको टाउकोमा ३ वटा घाउ देखिएको उपचारमा संलग्न चिकित्सकहरुले जनाएको छ । प्रहरीका अनुसार आरोपित घटना पश्चात फरार छन् भने उनको खोजतलाश जारी रहेको छ ।

प्रहरीले घटनास्थलबाट खुकुरी फेला समेत पारेको छ । आजको राजधानी दैनिकमा समाचार छ ।