Logo ९ पुस २०८२, बुधबार | Wed Dec 24 2025


काठमाडौंबाट चिनियाँ नागरिक पक्राउः चीनले भन्यो–‘दुई देशका प्रहरीको महत्वपूर्ण कारबाही’


26
Shares

काठमाडौं, पुस ८ । चीन सरकारले सोमबार काठमाडौंमा चिनियाँ नागरिकहरु पक्राउ गरिएको घटनालाई ‘दुई देशका प्रहरीको महत्वपूर्ण कारबाही’ भनेको छ ।

मंगलबार पेइचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा चीनको विदेश मन्त्रालयका प्रवक्ता कङ सुआङले सीमापार साइबर अपराधमा संलग्न रहेका चिनियाँहरुविरुद्ध नेपाल र चिनियाँ प्रहरीले संयुक्त कारबाही चलाएर पक्राउ गरिएको बताएका हुन् ।

उनले आफूसँग रहेको सूचनाअनुसार पक्राउ गरिएका चिनियाँहरु सीमापार साइबर अपराधका शंकास्पद व्यक्तिहरु रहेको र त्यस सम्बन्धमा अनुसन्धान भइरहेको उल्लेख गरे ।

‘यो चिनियाँ र नेपाली प्रहरीको सहयोगमा सन्चालन गरिएको एक महत्वपूर्ण अपरेसन हो’–उनले भने ।

प्रवक्ता कङले चीनले सीमापार अपराध नियन्त्रण सँगसँगै धेरै क्षेत्रमा सहकार्य गरेर दुई देश अगाडि बढ्ने बताएका छन् । उनले अपराधीहरु सुपुर्दगी गर्ने सम्बन्धमा पनि जोड दिएका छन् ।