
काठमाडौं । पाशुपति क्षेत्रमा शनिबारदेखि स्वच्छ पशुपति अभियान २०७८ सुरु हुने भएको छ । हाम्रो अस्था, सम्पदा र संस्कृति सभ्य नागरिक स्वच्छ पशुपति नाराका साथ अभियान सुरु हुने भएको हो ।
‘श्रीपशुपतिनाथ मन्दिर र परिसरलाई सफा र स्वाच्छ राख्नु हामी सबैको धर्म भएकाे पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा.मिलनकुमार थापाले बताउनुभयाे । उहाँकाअनुसार अब श्रीपशुपतिनाथ क्षेत्र सफा हुनेछ । हरियाली र स्वच्छताका लागि विभिन्न स्थानमा वृक्षरोपणको पनि अभियान सुरु हुने उहाँले जानकारी दिनुभयाे ।
उनकाअनुसार अबको पशुपति स्वच्छ हराभरा पशुपति हुनेछ भने एक भक्त एक वृक्ष नामक अभियान चलाइादैछ । पाशुपति क्षेत्रमा रुद्राक्ष, श्रीखण्ड, वरपिपल, पारिजात, वेल तथा अन्य धार्मिक वृक्षको उद्यान बनाइने उहाँको भनाइ छ ।
डा. श्याम खड्काको संयोजकत्वमा अभियानको सुरुवात वरिष्ठ कलाकार शिव श्रेष्ठले गर्नेछन् । पहिलो दिन अन्य चर्चित कलाकारहरुको पनि उपस्थित रहनेछ । अभियान हरेक शनिबार बिहान ८ बजेदेखि १० बजेसम्म हुने कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्