Logo १३ फाल्गुन २०८२, बुधबार | Wed Feb 25 2026


मुख्यमन्त्री भीम आचार्यले असोज २२ गते विश्वासको मत लिने


0
Shares

काठमाडौं । नेकपा एमाले विभाजनपछि अल्पमतमा परेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासकाे मत लिने हुनु भएकाे छ ।

हिजाे मात्रै मन्त्रिपरिषद् विस्तार गर्नु भएकाे मुख्यमन्त्रि आर्चायले असाेज २२ गते विश्वासकाे मत लिने हुनु भएकाे हाे । विश्वासकाे

मत लिने याेजनामा रहनु भएका मुख्यमन्त्री आचार्यले असोज २२ गते प्रदेशसभाको बैठक समेत आह्वान गर्नु भएकाे छ ।

त्यस्तै, आर्चायले तुलसीप्रसाद न्यौपानेलाई आर्थिक मामिला तथा कानूनमन्त्री, हिराकुमार थापालाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री, उत्तमकुमार बस्नेतलाई उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री, ज्ञानेश्वर राजवंशीलाई भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री र लिलाबल्लभ अधिकारीलाई आन्तरिक मामिला तथा कानून राज्यमन्त्री नियुक्त गर्नु भएको छ ।

मन्त्री न्यौपाने र थापालाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी र राज्यमन्त्रीलाई मुख्यमन्त्री आचार्यले पद तथा गोपनीयताको सपथग्रहण समेत गराउनु भएको छ । यो सँगै मन्त्रिपरिषद् आठ सदस्यीय बनेको छ ।