Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


इजरायल रोजगारीका लागि लिइएका भाषा परीक्षाको परीक्षाफल प्रकाशित


0
Shares

काठमाडौं । इजरायल रोजगारीका लागि लिइएका अंग्रेजी भाषा परीक्षाको परीक्षाफल प्रकाशित भएको छ ।

वैदेशिक रोजगार विभागले आइतबार इजरायल रोजगारीका लागि अंग्रेजी भाषा लिखित परीक्षाको परीक्षाफल प्रकाशित गरेको हो ।

विभागका अनुसार २ हजार ३९ जनाले अंग्रेजी भाषा पास गरेका छन् । त्यसमध्ये १ हजार मात्रै नेपाली इजरायल जान पाउने छन् ।

इजरायल जान ९ हजार ६ सय ९९ नेपालीले आवेदन दिएका थिए । त्यसमध्ये ६ हजार ३ सय ९७ जना लिखित परीक्षामा सहभागी भएका थिए ।

अंग्रेजी पास गर्नेहरुको अन्तवार्ता, उचाई र तौल परीक्षण असोज १ गतेबाट हुनेछ । ताकिएके उचाई र तौल सम्बन्धी मापदण्ड पूरा नहुने उम्मेदवार अन्तवार्तामा सअभागी हुन पाउने छैनन् । अन्नपूर्ण