६ असार २०८२, शुक्रबार | Fri Jun 20 2025


जसपाबाट मन्त्री बन्नेको सूची तयारी अवस्थामा


0
Shares

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले सरकारमा प्रतिनिधित्व गर्ने पार्टीका नेताहरुको सूची तयार गरेका छन् ।

अध्यक्ष यादवनिकट स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले दुई चरणमा मन्त्रिमण्डल विस्तार गरे पहिलो चरणमा चारजनाको नाम दिने भएका छन् । देउवाले एकै चरणमा चारजनाको नाम दिने भएका छन् । देउवाले एक चरणमा मन्त्रिपरिषद् विस्तार गर्ने भए भने एकैपटक ६ जनाको नाम दिने तयारी भएको स्रोतले बतायो ।

पहिलो चरणमा विवाद नहुने गरी दुई नेताको नाम सिफारिस गर्ने तयारी भएको यादवनिकट स्रोतले बतायो । स्रोतकाअनुसार यादवले पहिलो चरणमा महेन्द्र यादव र राजेन्द्र श्रेष्ठको नाम सिफारिस गर्ने सम्भावना छ ।

श्रेष्ठ यतिबेला संखुवासभामा छन् । उनी शनिबार मात्र काठमाडौं आउने कार्यक्रम छ । अध्यक्ष यादवले शनिबार जसपाको संसदीय दलको बैठक बोलाएका छन् । बैठकमा सरकारमा कसकसलाई सिफारिस गर्ने भन्ने विषयमा छलफल हुने सम्भावना रहेको सांसद अमृता अग्रहरीले बताइन् ।

नागरिक