Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


आन्तरिक राजश्व विभागले खरिद बिक्री खाता अपलोड गर्ने समय थप गर्‍यो


0
Shares

काठमाडौं, भदौ २५ । आन्तरिक राजश्व विभागले खरिद बिक्री खाता अपलोड गर्ने समय थप गरेको छ ।

विभागले शुक्रबार सूचना जारी गर्दै खरिद बिक्री खाता भदौ ३१ गतेसम्म बुझाउँदा सक्ने व्यवस्था गरेको जनाएको हो ।सर्भरमा बढ्न सक्ने चापलाई मध्यनजर गर्दै खाता अपलोड गर्ने समय थप गरेको विभागले जनाएको छ ।

यस अघि विभागले २५ गतेभित्र खरिद बिक्री खाता बुझाइसक्नु पर्ने व्यवस्था गरेको थियो । मूल्य अभिवृद्धि कर विवरण भने आजै पेश गर्नु पर्ने पनि विभागले जनाएको छ ।

५ करोडभन्दा बढी कारोबार गर्ने व्यवसायीले खरिद बिक्री खाता कम्प्युटर प्रणाली एक्सलमा पेश गर्नुपर्ने व्यवस्था छ ।

हाल नेपालमा ५ करोड बढी कारोबार गर्ने करदाताको संख्या १४ हजार माथि रहेको जनाइएको छ ।