
संखुवासभा, भदौ २४ । नेपाली कांग्रेसको जारी १४ औँ महाअधिवेशनका क्रममा भएको वडा अधिवेशनमा हिमाली जिल्ला सोलुखुम्बुका धेरै युवाहरु नेतृत्वमा आएका छन् ।
‘कांग्रेस बुढापाकाको पार्टी’ भन्ने मान्यतालाई चिर्दै वडा अधिवेशनबाट सभापति तथा क्षेत्रीय प्रतिनिधिमा युवाहरु चयन भएका हुन् ।
वडा अधिवेशनबाट सोलुखुम्बुमै कम उमेरकी पूजा फुयाल खुला महिला प्रतिनिधिमा विजयी हुनुभएको छ ।
फुयाल जिल्लाको नेचासल्यान गाउँपालिका–३ मा भएको निर्वाचनबाट सबै भन्दा धेरै मत ल्याएर प्रतिस्पर्धी सबैलाई उछिन्दै २१ बर्षको उमेरमा क्षेत्रीय प्रतिनिधि हुनु भएको हो ।
प्रतिक्रिया दिनुहोस्