काठमाडौं, मंसिर ३० । भारतमा हालै पारित भएको नागरिकता सम्बन्धि विधेयकविरुद्ध भएको प्रदर्शन झन चर्किएको छ ।
प्रदर्शनकै क्रममा प्रहरीसँगको झडपमा ६ जनाको मृत्यु भइसकेको छ । राजधानी नयाँ दिल्लीलगायत विभिन्न शहरमा भएको प्रदर्शनमा हजारौं सर्वसाधारण सहभागी भएका छन् भने कलेजका विद्यार्थी पनि सामेल भएका छन् ।
आन्दोलन चर्कंदै गएपछि भारतका कतिपय ठाउँमा कर्फ्यु आदेश जारी गर्नुका साथै इन्टरनेट सेवासमेत बन्द गरिएका छन् ।
आन्दोनको मुख्य केन्द्र आसामको गुहाटीमा अशान्ति फैलिएको छ । नागरिकता सम्बन्धि नयाँ कानुनमा भारतको पूर्वका राज्यहरु आसाम, नागाल्याण्ड, र मिजोरममा विशेषाधिकारसहितको कानुन पारित भएपछि ती राज्यहरुमा आन्दोलन चर्किएको हो ।
भारतमा लामो समयसम्म बसोबास गर्ने नागरिकहरुले पनि नागरिकता पाउने नयाँ व्यवस्थासहितको कानुन पारित भएको हो ।
यसैबीच संयुक्त राष्ट्रसंघको मानवअधिकार सम्बन्धि उच्च आयुक्तको कार्यालयले भारतको नागरिकता संशोधन विधेयक विभेदकारी रहेको जनाएपछि आन्दोलन झन चर्किएको हो ।
नागरिकता सम्बन्धि नयाँ कानुन संशोधन गर्न भन्दै भारतको अलीगढ मुश्लिम विश्वविद्यालयका विद्यार्थीहरु आन्दोलनमा उत्रिएपछि विश्वविद्यालयको पठन पाठन ठप्प भएको छ ।
विधेयक संशोधन नभएसम्म प्रदर्शन नरोकिने उनीहरुको अडान छ । एजेन्सी





प्रतिक्रिया दिनुहोस्