१ श्रावण २०८२, बिहिबार | Thu Jul 17 2025


ज्वालामुखीबाट बनेका भग्नावशेषहरु समुद्री सतहमा देखा परे


0
Shares

काठमाडौं । गत वर्ष इन्डोनेसियामा गएको विनाशकारी सुनामी उत्पन्न गर्ने ज्वालामुखीबाट बनेका भग्नावशेषहरु समुद्री सतहमा देखा परेका छन् ।

वैज्ञानिकहरुले सोनार उपकरणको सहायतामा रक लिटर सागरमा उक्त चट्टान देखा परेका पुष्टी गरेका हुन् ।

ज्वालामुखीलगत्तै इन्डोनेसियाको क्राकाटाउ सहर नजिकै जमिनको एक भाग भत्किएर समुद्रमा खस्दा जाभा र सुमात्रा टापुमा सुनामीसँगै भूकम्प गएको थियो ।

ज्वालामुखी विस्फोटका कारण समुद्रमै नयाँ संरचना तयार भएकाले थप खोजीको विषय भएको अनुसन्धानकर्ताहरुको भनाइ छ ।

वैज्ञानिकहरुले समुद्रको सतहमा अझै ठूला चट्टान रहेको हुनसक्ने भन्दै थप अनुसन्धान गर्ने बताएका छन् ।

सुनामीसँगै भएको ज्वालामुखी विस्फोटका कारण चार सय भन्दा बढीको मृत्यु भएको थियो भने हजारौं घाइते तथा विस्थापित भएका थिए ।(एजेन्सी)