Logo २४ बैशाख २०८३, बिहिबार | Fri May 8 2026


कावु बाहिरको परिस्थिति आए वडा अधिवेशन सार्ने अधिकार निर्वाचन अधिकृतलाई दिने कांग्रेसको तयारी

तोकिएकौ मितिमा वडा अधिवेशन हुने महामन्त्री खड्काको जिकिर

0
Shares

काठमाडौं । नेपाली कांग्रेसले कावु बाहिरको परिस्थितिमा वडा अधिवेशनबारे निर्णय गर्ने अधिकार सम्बन्धित निर्वाचन अधिकृतलाई दिने तयारी गरेको छ ।

कांग्रेसले बाढी, पहिरो लगायत प्राकृतिक प्रकोपका कारण परिस्थिति नियन्त्रण बाहिर गइ भदौ १८ गते तय गरिएको वडा अधिवेशन प्रभावित हुने अवस्था आए अधिवेशन बारे निर्णय गर्ने अधिकार सम्बन्धित निर्वाचन अधिकृतलाई दिने तयारी गरेको हो ।

यस सम्बन्धमा पार्टीका शीर्ष नेताहरुबीच छलफल भएपनि औपचारिक निर्णय भएको छैन् । कांग्रेसले लगातारको वर्षा र झरीले मुलुकका कतिपय जिल्लामा बाढीपहिरोको त्रास रहेकाले केही जिल्लाका वडा अधिवेशन प्रभावित हुने आंकलन गरेको छ ।

यसैबीच, भदौ १८ गते तय भएको वडा अधिवेशन केही दिन पर सार्ने तयारी भइरहेको सार्वजनिक भइरहँदा कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले तोकिएकै मितिमा वडा अधिवेशन हुने भन्दै कुनै भ्रममा नपर्न आग्रह गर्नुभएको छ ।

महाधिवेशनका विषयमा अझैपनि भ्रम रहेको भन्दै महामन्त्री खड्काले सामाजिक सञ्जाल ट्वीटर मार्फत वडा अधिवेशनसंगै आसन्न १४ औं महाधिवेशनको प्रक्रिया सुरु हुने भएकाले कुनै भ्रममा नपरी महाधिवेशन केन्द्रित हुन नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।