
काठमाडौं, मंसिर २९ । अल्बानियामा भूकम्पले क्षतिग्रस्त भवन निर्माण गर्दा न्यून्तम मापदण्डसमेत पूरा नगरेको भन्दै डिजाइनर र निर्माणकर्तालाई निण्न्त्रण्मा लिएको छ ।
शक्तिको आडमा बिना मापदण्ड भवन निर्माण गरेर सानो भूकम्पमा पनि बढी क्षति भएको भन्दै सुरक्षाकर्मीले नौ जनालाई नियन्त्रणमा लिएको हो ।
गत महिना भूकम्पले क्षतिग्रस्त डुर्रेस शहरमा क्षतिग्रस्त भवनका संरचना पन्छाउने क्रममा उनीहरुलाई गिरफ्तार गरिएको बीबीसीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा होटलका सञ्चालकसमेत रहेको बताइएको छ । भूकम्पमा अधिकांश होटलमा क्षति पुगेको थियो ।
६ दशमलव ४ म्याग्निच्यूटको भूकम्पका कारण अलबानीयामा ५१ जनाको मृत्यु भएको थियो भने सयौं घाइते भएका थिए ।
भूकम्पका कारण १४ हजार भन्दा बढी घरबारबिहिन भएका थिए । सन् १९९० मा कम्युनिजमको पतनपछि अल्बानियामा बिना मापदण्ड भवन तथा संरचनाहरु निर्माण हुँदै आएका छन् ।
भवन निर्माणको क्रममा न्यूनतम मापदण्ड पूरा नगरेको भन्दै संरचना निर्माणकर्ता र डिजाइनरलाई पक्राउ गरिएको समाचारमा जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्