Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


पत्रकार फसाउन खोज्ने दुई प्रहरी नै निलम्बनमा


0
Shares

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले पत्रकार मोहम्मद मोजिबुल्लालाई फसाउन खोज्ने दुई जना घुमुवा प्रहरीलाई निलम्बन गरेको छ ।

प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादव र प्रहरी जवान मनोज साहलाई निलम्बन गरिएको हो । नेपाल पत्रकार महासंघ, रौतहटका सह–सचिव सञ्जय शहनीले प्रहरी प्रयोग गरेर मोजिबुल्लालाई फसाउन खोजेको खुलासा भएको छ ।

शहनीलाई पनि अदालतबाट पक्राउ पुर्जी जारी भैसकेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक सिद्धिविक्रम शाहले जानकारी दिनुभएको छ ।

गत साउन ३२ गते गौरस्थित सिग्नल होटल अगाडी रोकीराखेको पत्रकार मोहम्मदको मोटरसाईकलमा लागुऔषध नाईट्रोभेट फेला परेको थियो ।

सिसिटिभी क्यामराको फुटेजबाट मोटरसाईकलमा प्रहरीले नै लागुऔषध राखेको खुलासा भएको हो । पक्राउ परेका दुबै जनालाई अपराधिक षड्यन्त्र सम्बन्धी कसूरमा म्याद थप गरिएको छ ।