
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशमा बेरुजु र अनियमितताको अंक बढ्दो रहेकोमा दुख व्यक्त गर्नुभएको छ ।
उहाँले सरकारले बेरुजु फर्छ्यौट र अनियमिता गर्नेलाइ कारवाही गर्ने तर्फ पाइला चाल्नु जरुरी रहेको बताउनु भएको छ ।
‘वर्तमान सरकारले बेरुजु फर्छ्यौट र अनियमितालाई कारवाही गर्ने तर्फ पाइला चाल्नु जरुरी छ ।’ कोइरालाले आइतबार ट्विट गर्नुभएकाे छ ।
शेखरले सरकारको इच्छाशक्ति भए बेरुजु फर्छ्यौट र अनियमिता गर्नेलाई कारवाही गर्न सकिने बताउनुभयो । महालेखा परीक्षकको प्रतिवेदन शुक्रबार सार्वजनिक भएको हो ।
प्रतिक्रिया दिनुहोस्