Logo ११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026


गुम्ला त १४ सासंदको पद


0
Shares

काठमाडौं । एमालेले पार्टीको ह्विप उल्लंघन गरेको भन्दै माधव नेपालसहित १४ सासंसदलाई पदमुक्त गर्न सांसद् सचिवालयमा पत्र पठाएपछि उनीहरुको सांसद पद गुम्छ या गुम्दैन भन्ने बहस सुरु भएको छ ।

सरकारदले मंगलबार राजनीतिक दलसम्बन्धि अध्यादेश ल्याएलगत्तै एमाललेले स्थायी कमिटीको निर्णयबमोजिम गत वैशाख २७ गते प्रत्रानमन्त्री केपी ओलीले विश्वासको मत लिँदा दलको ह्विप उल्लंघन गरी मतदान नगरेको भन्दै वरिष्ठ नेता नेपालसहित १४ सांसददाई कारबाहीस्वरुप पदमुक्त गर्न संघिय संसद् सचिवालयमा पत्र पठाएको हो ।

वैशाख २७ गते प्रतिनिधिसभामा भएको मतदानमा नेपालसहित उनको समूहका २८ सांसद अनुपस्थित थिए । अहिले आएर पार्टीले १४ जनालाई मात्रै कारबाही गर्न खोज्नुको उद्देश्य राजनीतिक प्रतिशोध भएको एकथरीको भनाइ छ । अनुशासन नमान्ने र ह्विप उल्लंघन गर्नेलाई पार्टीले जहिले पनि कारवाही गर्न पाउँछ भन्ने अर्कोथरीको भनाइ छ।

सरकारले कुनै पनि दलको केन्द्रीय समिति वा संसदीय दलका २० प्रतिशत सदस्यको समर्थन भएमा दल विभाजन गर्न सक्नेगरी राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याएपछि नेपालले पार्टी फुटाउने सम्भावना देखेर उनको समूहका १४ सासंसदलाई पदमुक्त गर्न अध्यक्ष ओलीको निर्देशनमा संसद सचिवालयमा पत्राचार गरिएको हो । अध्यादेश ल्याएको भोलिपल्ट एमाले नेपाल समूहले निर्वाचन आयोगमा छुट्टै राजनीतिक दल दर्ता गरेपछि विवाद थप उत्कर्षमा पुगेको छ ।

नागरिक

Skip This