Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


नेपालले पठाएको पत्रको भारतले जवाफ दिएन


0
Shares

काठमाडौं । नेपाल र भारतबीच सीमा विवाद समाधानका लागि नेपालले पठाएको पत्रको जवाफ भारत सरकारले अहिलेसम्म पनि नदिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

भारतले नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेसँगै एक महिनाअघि चुलिएको विवाद समाधानका लागि नेपाल सरकारले कूटनीतिक तहबाट पहल गर्न परराष्ट्र मन्त्रालयमार्फत भारतलाई दुईसाता अघि पत्र पठाएको थियो ।

सो पत्रका विषयमा कुनै पनि जवाफ नआएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताए । ‘नेपालले भारतको जवाफीपत्र कुरिरहेको छ’, परराष्ट्रमन्त्री ज्ञवालीले भने,‘आशा छ केही समयमा त्यसको जवाफ भारतले दिनेछ ।’

सीमा विवादको विषयमा भारतलाई पठाएको पत्रबारे कुनै जवाफ नआएको विषयमा सोमबारको मन्त्रिपरिषद् बैठकमा समेत परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी गराएका थिए । -राजधानी दैनिकबाट