Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


छ महिनामै भत्कियो सडक


0
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालयले भैरहवा लुम्बिनी तौलिहवा सडकको गुणस्तर प्रविधिक परीक्षण अध्ययन छानबिन शुरु गरेको छ।

अख्तियारका इन्जिनियर सुदीप आचार्यको नेतृत्वमा चार सदस्य टोली सडकमा खटाएर सोमबारबाट छानबिन थालेको हो । विश्व पर्यटन केन्द्र लुम्बिनीलाई सहज सडकमार्गले जोड्ने लक्ष्यसहित बनाइएको यो सडक ६ महिनामै ठाउँठाउँमा भत्किएको छ, खाल्डैखाल्डा बनेको छ भने कतै दबेको छ ।

अख्तियार टोलीले गुणस्तर जाँचका लागि सडकमा प्रयोग गरिएको सामग्रीको नमुना संकलन थालेको छ । नमुना संकलनमा खटिएका इन्जिनियर आचार्यले ४१ किलोमिटर सडक क्षेत्रको ठाउँ ठाउँबाट नमुना लिएर काठमाडौंमा गुणस्तर जाँच गरिने बताउनुभयो ।

माचारपत्र