काठमाडौं । अर्थ मन्त्रालयले समयमा चिनी आयात गर्नका लागि स्वीकृत नदिँदा यो वर्ष दसैं तिहारमा बजारमा चिनीको अभाव भई मूल्य बढ्ने देखिएको छ ।
बजार मूल्य नियन्त्रण गर्नका लागि ३० हजार मेट्रिक टन चिनी ५० प्रतिशत भन्सार छुटमा आयात गर्न अर्थ मन्त्रालयले स्कीकृत नदिँदा अभाव भई महँगिने भएको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले साल्ट्र टेडिङ कर्पोरेसनमार्फत भन्सार छुटमा ३० हजार मेट्रिक टन चिनी आयात गर्नका लागि गत ९ बैशाखमा प्रस्ताव पेस गरेको थियो ।
वाणिज्य मन्त्रालयले पटक पटक पत्राचार गरे पनि अर्थ मन्त्रालयले स्वीकृत नदिँदा चिनी आयात गर्न ढिलाइ भएको हो । मन्त्रालयकी सहायक प्रवक्ता उर्मिला केसीले अर्थ मन्त्रालयले चिनी आयातका लागि स्वीकृत नदिँदा प्रक्रिया अगाडि बढाउन नसकिएको जानकारी दिइन् ।
‘५० प्रतिशत भन्सार छुट्मा चिनी आायात गर्नका लागि सहमति दिनका लागि अर्थ मन्त्रालयमा चार महिनाअघि प्रस्ताव पेस गरेका थियौं,’ उनले भनिन् ‘यो वर्ष चिनी उत्पादन कम भएको र समयमा आयात नहुँदा चाडपर्वमा अभाव हुन सक्छ ।’
कारोबार
प्रतिक्रिया दिनुहोस्