२६ जेष्ठ २०८२, सोमबार | Mon Jun 9 2025


अफगानिस्तान गृहमन्त्री मिर्जाक्वालले भने ‘शान्तिपूर्णरुपमा सत्ता हस्तान्तरण हुन्छ’


0
Shares

एजेन्सी । अफगानिस्तानका गृहमन्त्री अब्दुल सत्तार मिर्जाक्वालले संक्रमणकालीन सरकारलाई शान्तिपूर्णरुपमा सत्ता हस्तान्तरण हुने बताएका छन् ।

तालिवानले आफ्ना लडाकुहरुलाई तत्काल राजधानी काबुल प्रवेश नगर्न निर्देशन दिएपछि उनले त्यस्ताे बताएका हुन् । संक्रमणकालीन सरकारलाई शान्तिपूर्णरुपमा सत्ता हस्तान्तरण हुने गृहमन्त्रीले पठाएकाे रेकर्ड सन्देशमा भनेका छन् । ‘अफगान जनताले चिन्ता गर्नुपर्दैन’, उनले भनेका छन् ‘शहरमा कुनै हमला हुँदैन ।’