Logo ११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026


तालिबानी लडाकुहरु अफगानिस्तानको राजधानी काबुल प्रवेश गरे


0
Shares

काठमाडौं । तालिबानी लडाकुहरु अफगानिस्तानको राजधानी काबुल प्रवेश गरेका छन् । अन्तराष्ट्रिय समाचार संस्थाले बताएअनुसार लडाकुहरू अहिले काबुलको बाहिरी क्षेत्रमा छन्।

तालीवानी लडाकुहरुले आइतबार बिहानमात्रै बिना लडाइँ पूर्वी अफगानिस्तानको महत्वपूर्ण शहर जलालवादसँगै दुई प्रान्तीय राजधानी पनि कब्जामा लिएका छन्। त्यसलगतै अफगानिस्तानको राजधानी कब्जा गर्ने तयारीमा रहेको लडाकुहरुले शान्तिपुर्वक शहर छाडन भनेका थिए ।

आइतबार दिउँसो तालीवानीले वक्तव्य जारी गदै आफूहरू भिडन्त गर्दै काबुल नपस्ने भनेको छ ।

शान्तिपूर्ण तरिका काबुल पस्नेबारे कुरा भइरहेको वक्तव्यमा उल्लेख छ । साथै कुनै पनि नागरिक र सैनिकहरूविरूद्ध आफूले बदला नलिने बरू उनीहरूलाई माफी गरिएको तालिबानले जनाएको छ ।

तालिबानहरू काबुल पसेपछि संयुक्त राज्य अमेरिकाले भने आफ्नो राजदूतावासका कर्मचारीहरूलाई हेलिकप्टरबाट हमिद कारजाई विमानस्थलमा पुर्‍याएको छ। उक्त विमानस्थलको सुरक्षामा अहिले पनि अमेरिकी सैनिक खटिएका छन्।

उता, तालिबानले ढिलोचाँडो काबुल कब्जा गर्ने देखिएपछि अमेरिकी राजदूतावासले आफ्ना कर्मचारीलाई संवेदनशील सबै कागजात र सामग्री नष्ट गर्न निर्देशन दिएको थियो ।

पछिल्लो एक सातामा तालिबानले लगभग देशका प्रमुख सबै शहर कब्जा गरेका छन्। हिंसाका कारण साढे दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् । सन् २००१ देखि अफगानिस्तानमा रहेको अमेरिकी नेतृत्वको नेटो सैनिकले धमाधम अफगानिस्तान छाडिरहेका छन्।

Skip This