काठमाडौं । अमेरिकी डलरलगायत परिवत्र्य विदेशी मुद्रा सटहीमा राष्ट्र बैंकले झन कडाइ गरेको छ ।
यही क्रममा कम्पनीले फुटवेयर खरिद वा मर्मत गरी भुक्तानी पठाउने रकम बाणिज्य बैंकमार्फत साट्न पाउने विदेशी मुद्राको सीमा पनि घटाएको छ ।
अब कम्पनीले सम्बन्धित नियाकम निकायबाट पनि विदेशी मुद्रा सटहीसम्बन्धी सिफारिस लिनुपर्नेछ ।
यो चालु आर्थिक बर्षको मौद्रिक नीतिको घोषित ब्यवस्था हो । नयाँ ब्यवस्थाअनुसार अब कम्पनीहरुले बाणिज्य बैंकबाट ३ हजार डलर वा सो बराबरको परिवत्र्य विदेशी मुद्रामात्रै सिधै सटही गर्न पाउनेछन् ।
३ हजारदेखि १० हजार अमेरिकी डलर वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्रा सटही गर्दा सम्बन्धित नियामक निकायकको सिफारिस पनि लिनुपर्नेछ ।
यसअघि १० हजार डलरसम्म सटही गर्दा कुनै पनि निकायको सिफारिस लिनु नपर्ने व्यवस्था थियो । -कान्तिपुर दैनिकबाट










प्रतिक्रिया दिनुहोस्