२६ जेष्ठ २०८२, सोमबार | Mon Jun 9 2025


मौद्रिक नीति सेयर बजारका ठूला खेलाडीलाई लगाम लगाउने प्रयास


0
Shares

काठमाडौं नेपाल राष्ट्र बैंकले कोभिडपीडितका लागि गत वर्षको सुविधामा निरन्तरता दिँदै सेयर बजारका ठूला खेलाडीलाई लगाम लगाउने गरी मौद्रिक नीति सार्वजनिक गरेको छ ।

चालु आर्थिक वर्षका लागि ढिलो गरी शुक्रबार सार्वजनिक मौद्रिक नीतिमा कोभिड १९ बाट समस्याग्रस्त बन्न पुगेका उद्योग व्यवसायलाई गत वर्ष दिएको सुविधामा कटौती गरिएको छैन । कोभिडपीडितलाई कर्जाको साँवा व्याज भुक्तानीका लागि समय थपदेखि पुनर्कर्जाको व्यवस्था यथावत राखिएको छ । कर्जालाई पुनसंरचना, पुनर्तालिकीकरण गर्ने सुविधालाई पनि निरन्तरता दिइएको छ ।

राष्ट्र बैंकका उच्च अधिकारीहरुका अनुसार पुनर्कर्जालाई निरन्तरता दिने नदिनेमा विवाद थियो । कतिपयले लामो समयसम्म यस्तो कार्यक्रमलाई निरन्तरता पदन नसकिने बताएका थिए भने कतिपयले कोरोना महामारीको असर अझै बाँकी रहेकाले कम्तीमा एक वर्ष यसलाई कायमै राख्नुपर्ने धारणा राखेको थिए ।

नागरिक