काठमाडौं । नक्कली सेनिटाइजर उत्पादन गरेको आरोपमा पक्राउ परेका आशिष प्याकुरेललाइ ललितपुर जिल्ला अदालतले २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
न्यायाधीशद्वय बामदेव ज्ञवाली र किरण कुमार पोखरेलको इजलाशले धरौटीमा रिहा गर्न आदेश दिएको हो । प्रहरीले गत जेठ ९ गते प्याकुरेललाई पक्राउ गरेको थियो ।
ललितपुरको इमाडोलमा अवैध कम्पनी चलाएर नक्कली स्यानिटाइजर उत्पादन गर्दै आएका प्याकुरेलको कम्पनीबाट ३० हजार लिटर नक्कली स्यानिटाइजर बरामद गरिएको थियो ।








प्रतिक्रिया दिनुहोस्