Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


कांग्रेस केन्द्रीय समिति बैठक आज पनि


0
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठक दिउँसो ११ बजे देउवा निवास बुढानीरकण्ठमा बस्न लागेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो।

पार्टी केन्द्रीय कार्यालय सानेपामा क्रियाशील विवाद देखिएका विभिन्न जिल्लाका नेता कार्यकर्ता अनसनमा रहेकाले बैठक बुढानीलकण्ठ बस्न लागेको हो ।

बैठकको मुख्य एजेन्डा पार्टीको १४औँ महाधिवेशनको कार्यतालिका सम्बन्धी हुनेछ । कांग्रेसले क्रियाशील विवाद समाधान गर्न नसक्दा पार्टीको १४ औ महाधिवेशन अनिश्चित बनेको छ ।