Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


काठमाडौंमा कडाइ गर्दै निषेधाज्ञा थप, ८ बजेपछि सबै सवारी सञ्चालनमा रोक


0
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण पुनः बढ्न थालेपछि स्थानीय प्रशासनले निषेधाज्ञालाई थप कडाइ गरेको छ ।

मंगलबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले केही क्षेत्रमा कडाइ गर्दै भदौ ८ गतेसम्म निषेधाज्ञा थप गरेको हो ।

थपिएको निधेषाज्ञा अवधिमा सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल, मनोरञ्‍जनस्थल, संग्रहालय, रंगशालामा हुने दर्शकसहितको खेलकुद र मानिसहरुको भीडभाड हुने अन्य कार्यक्रम सञ्‍चालन गर्न/गराउन नपाउने उल्लेख छ।

यस्तै चोक, खुला स्थानमा मानिसहरु भेला हुन, भीडभाड गर्न, सभा जुलुस, जात्रा, महोत्सव, भोज भतेर आदि गर्नरगराउन नपाउने व्यवस्था जिल्ला प्रशासन कार्यालयद्वारा जारी निषेध आदेशमा उल्लेख गरिएको छ।

साथै, बिहीबार राति ८ बजेपछि सबै प्रकारका सवारीसाधन चलाउन रोक लगाउने निर्णयसमेत उपत्यकाका सीडीओहरुको बैठकले गरेको छ ।