२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


बैंकको नेतृत्वमा पुस्तान्तरण


0
Shares

काठमाडौं । सबैभन्दा कान्छो क्षेत्रको रुपमा नेपालको अर्थतन्त्रमा उदाएको बैंकिङमा विस्तारै पुस्तान्तरण हुँदैछ । बैकिङ क्षेत्रका पहिलो पुस्ताका बैंकहरु विस्तारै दोस्रो पुस्तालाई आफ्नो ‘लिगेसी’ हस्तान्तरण गर्दै गइरहेका छन् । नेपाल बैंकर्स संघका अध्यक्षसमेत रहेका सानीमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) भुवनकुमार दाहालको कार्यकाल पाँच महिनापछि पूरा हुँदैछ ।

पछिल्लो समय लगलग तीन वटा वाणिज्य बैंकबाट पुराना सिईओ बिदा भएका छन् । सिद्धार्थ बैंकबाट शम्भुनाथ गौतम, बैंक अफ काठमाडौंबाट शोभनदेव पन्त र कुमारी बैंकबाट सुरेन्द्र भण्डारी बाहिरिएका छन् । लामो समय बैंकिङ क्षेत्रमा बिताएका गौतम, पन्त तथा भण्डारी पुराना सीईओका रुपमा मानिनछन् ।

यसैगरि केही मियअघि नै पुराना बैंकर तुलसी गौतम ले पनि सेन्चुरी बैंकबाट राजिनामा दिए । त्यसअघि सिभिल बैंकबाट गोबिन्द गुरुङ नेपाल बाहिर सीईओ हुने पहिलो नेपाली बैंकरको रुपमा म्यानमार पुगिसकेका छन् । पुराना सीईओले बिदा लिए पनि बैंकमा नयाँ सीईओको खोजी भइरहेको छैन, किनकी नेतृत्व लिनका लागि बैंकभित्रै नयाँ पुस्ता तयार भइसकेको छ । सानिमाबाट दाहालकोे बिदाइसँगै बैंकले भित्रबाटै नयाँ सीईओ तयार गरिसकेको छ ।
कारोबार