२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


विद्युत् प्राधिकरणको आम्दानी बढ्दो, नाफा घट्दो


0
Shares

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०७८/ ०८९ को बजेट एक खर्ब नजिक पुग्ने प्रक्षेपण गरेको छ । गत वर्ष २०८८/ ०७८ मा ८० अर्ब ३ करोड आम्दानी रहेको विद्युत् प्राधिकरणको बजेट बढेर चालु वर्षमा ९६ अर्ब २८ करोड पुग्ने अनुमान गरिकएको छ । विद्युत् प्राधिकरणको आम्दानी ७३ अर्ब ७६ करोड थियो ।

पछिल्लो तीन वर्षको तथ्यांकले विद्युत् प्राधिकरणको आम्दानी बढेको देखिन्छ तर नाफा भने घट्ने क्रममा छ । विद्युत् प्राधिकरण सञ्चालक समितिले बिहिबार राति पारित गरेको बजेट अनुसार, वार्षको करपछिको नाफा ३ अर्ब ६४ करोड हुने प्रक्षेपण गरेको छ । यो प्रक्षेपण हो तर सञ्चालक समितिकै बिहिबारकै बैठकमा २० युनिटसम्मको ग्राहकलाई बिजुलीमा छुट दिने प्रस्ताव अघि बढाएकोमा यो बढेमा यो नाफा घट्नेछ । प्राधिकरणकाअनुसार गत वर्ष ३ अर्ब ५० करोड नाफामा रहेको प्राधिकरणको आर्थिक वर्ष २०७६ र ०७७ मा ११ अर्ब ५ करोड थियो । कारोबार