काठमाडौं । गत आर्थिक वर्षमा मात्रै सरकारको ऋण तीन खर्ब भन्दा धेरै थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आव ०७७/७८ को अन्त्यम्ममा नेपालको कुल ऋण १७ खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ ।
जुन अघिल्लो आवको भन्दा तीन खर्ब आठ अर्ब बढी हो । आव ०७६/७७ सम्ममा सार्वजनिक ऋण १४ खर्ब १९ अर्ब रुपैयाँ रहेको थियो ।
सरकारले एक खर्ब ८७ अर्ब आन्तरिक र एक खर्ब २१ अर्ब बाह्य गरी सार्वजनिक ऋण थपेको हो । कार्यालयका अनुसार गत असार मसान्तसम्म सरकारका नाममा आन्तरिक ऋण आठ खर्ब एक अर्ब र बाह्य ऋण नौ खर्ब २७ अर्ब पुगेको छ ।
एक वर्षमै प्रतिव्यक्ति ऋणभार १० हजार एक सय ७४ रुपैयाँ बढेको छ । एक वर्षमा बढेको कुल ऋण तीन खर्ब आठ अर्बलाई हालको जनसंख्या तीन करोड चार लाखलाई भाग लगाउँदा १० हजारले ऋण बडेको छ । नयाँ पत्रिका










प्रतिक्रिया दिनुहोस्