२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


पूर्ण खोपपछि मात्र सम्भव छ पर्यटन पुनरुत्थान


0
Shares

काठमाडौं । कोभिड ज्ञ९ का थलिएको पर्यटन क्षेत्र पुरानै लयमा फिर्ता हुने कुनै टुंगो छैन । तर, सरकारले जति छिटो शतप्रतिशत जनसंख्यालाई कोभिड १९ विरुद्धको खोप लगाउन सक्छ, त्यति नै छिटो पर्यटन पुनरुत्थान हुने व्यवसायीको आँकलन छ ।

कोभिड १९ विरुद्धको खोप प्राप्त भएपछि मात्र नेपालमा पर्यटक आगमन बढ्ने उनीहरुको भनाइ छ। सन् २०१९ को अन्त्यबाट चीनको वुहानबाट फैलिएको कोरोना भाइरस विश्वभर फैलिएसँगै पछिल्लो समय पर्यटकीय गन्तव्यमा पर्यटक आगमन ठप्पप्रायः छ । पूर्ण मात्रामा खोप लगाएको सुनिश्चित गरेर नेपाल र पर्यटकीय क्षेत्र सुरक्षित भएको सकारात्मक सन्देश प्रवाह गर्न सकेको खण्डमा पर्यटक आगमन नेपालमा बढाउन सक्ने पर्यटन व्यवसायीहरु बताउँछन् ।

पहिलो खोपको मात्रा बढाउनुपर्ने र प्रचार बढाउनुपर्ने नेपाल पर्यटन बोर्डका पूर्व कार्यकारी अधिकृत दीपकराज जोशी बताउँछन् । ”दोस्रो खोप पूरा गरेकालाई क्वारेन्टाइन नबसी सिधैं गन्तव्यमा जाने वातावरण बनाउन सकेको खण्डमा मात्र नेपालमा पर्यटक आगमन बढेर जान्छ । पछिल्लो समय चितवन र पोखरामा पनि खोप लगाउने गृहकार्य भइरहेको छ । र खोपको मात्रा पर्यटन क्षेत्रमा बढेसँगै पर्यटक आगमनका लागि सकारात्मक सन्देश प्रवाह गर्नु आवश्यक छ,” जोशी भन्छन् ।

कारोबार