Logo १० फाल्गुन २०८२, आइतबार | Sun Feb 22 2026


अब लगातार दुई ब्याचका चार आईजीपी


0
Shares

काठमाडौं । पदीय संरचना र दरबन्दीमा कुनै हेरफेर नभए सशस्त्र प्रहरी बलमा हालका महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनालपछि उनकै ब्याचका एक जना र त्यसपछि अर्को ब्याचका दुई जना नेतृत्वमा पुग्ने देखिएको छ । उमेर हद, सेवा अवधि र पदावधि गरी तीनवटा अवकाशको व्यवस्था रहेको सशस्त्र प्रहरीमा यस्तो अवस्था बिरलै आउने गर्छ ।

वर्तमान आईजीपी शैलेन्द्र खनालको चारवर्षे सेवा अवधि (आईजीपीको कार्यकाल) सकिएपछि छोटो समयका लागि उनकै ब्याचका एक जना नेतृत्वमा पुग्ने बाटो खुला भइसकेको अवस्थामा फेरि अर्को ब्याचका दुई जना सशस्त्रको नेतृत्वमा रहने देखिएको छ ।

साढे दुईवर्षे आईजीपीका हकदार प्रवीणकुमार श्रेष्ठलाई नायब महानिरीक्षक ९डीआईजी०बाटै जबर्जस्ती घर पठाइएपछि यो स्थिति आएको हो।सशस्त्र प्रहरीमा आईजीपीको अवकाश ५८ वर्ष उमेर हद, ३० वर्षे सेवा अवधि र चार वर्ष पदावधिका कारण हुने गर्छ । यी तीनमध्ये जुन पहिला पूरा हुन्छ, त्यहीअनुसार अनिवार्य अवकाशमा जाने व्यवस्था छ ।

राजधानी

Skip This