Logo ११ असार २०८३, बिहिबार | Fri Jun 26 2026


ओलीको बोलीले टरेको सहमति


0
Shares

काठमाडौं । पुष्पलाल स्मृति दिवसका अवसरमा साउन ७ गते आयोजित कार्यक्रममा सम्बोधन गरेर फर्केका एमाले वरिष्ठ नेता माधव कुमार नेपालले निकट नेताहरुसँग पार्टी विवाद मिल्ने अवस्थामा पुगेको बताएका थिए ।

‘अब हामीले गर्नुपर्ने तयारी तयारी गर्नुस्,’ उनले घनश्याम भुसाललगायतका नेताहरुसँग भनेका थिए । कोटेश्वरस्थित आफ्नै घरमा रहेका नेता र सचिवालय टिमसँग पनि नेपालले विवाद मिल्ने अवस्था पुगेको बताएका थिए ।

‘साथीहरुकै आग्रहमा मैले सम्बोधन पनि नरम गरें । ओलीले पनि राम्रो कुरा गरेको सन्देश आएको छ । स्पष्टिकरण पठाउनुपदैन भन्ने खबर आएको छ । तर स्पष्टिकरणचाहिँ तयार पार्नू, दिनुपर्ने पनि हुन सक्छ,’ उनले भनेका थिए । त्यही दिन एमाले अध्यक्ष केपी ओलीले केन्द्रीय कमिटीको बैठकमा सम्बोधन गर्नुअघि नेपालसहितका नेताहरुलाई लक्षित गरेर आममाफीको घोषणा गरे । त्यसपछि नेपालको मनस्थिति फेरियो ।

‘ओलीले एमनेसटी इज ग्रान्टेड भनेपछि पनि नेता नेपालले खासै वास्ता नगरी विवाद मिलाउने विषयमै छलफल गरिरहनुभएको थियो तर साँझ भिडियो हेर्दा ओलीले अपराधलाई माफी दिने तहबाट सम्बोधन गरेको भेटेपछि उहाँको मुड परिर्वतन भयो, ‘अब नेपाललाई विश्वास र्गे आधार सकियो भन्न थाल्नुभयो,’ नेपाल निकट एक नेताले भने ।

नागरिक