२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


गोनाही नगरपालिकाले भण्डारण गरेको खाद्यान्न कुहियो


0
Shares

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकाले भण्डारण गरेको खाद्यान्न सामग्री कुहिएको भन्दै खाल्डो खनेर पुरेपछि विवाद भएको छ ।

लकडाउनको समयमा नगरपालिका भित्र रहेका गरिव, असहाय समुदायका बासिन्दालाई राहत दिन खरिद गरेको खाध्यान्न सामग्री गोदाममानै थन्काएपछि कुहिएको हो ।

गत आर्थिक वर्ष नगरपालिकाले खरिद गरेको र प्रदेश सरकारबाट प्राप्त खाध्यान्न सामग्री मध्ये केही खाध्यान्न कुहिएपछि नगरपालिकाले खाल्डो खनेर पुरेपछि स्थानीय आक्रोशित भएका हुन् ।

भण्डारण गरिएको चार सय बोरा चामल लगायत दालसहितको खाध्यान्न सामग्री बितरण नगरेपछि वर्षाको पानीले कुहिएको हो ।

यता, भण्डारण गरीएको खाध्यान्न सामग्रीको जिम्मा उपप्रमुख पनरीया देवीको जिम्मामा रहेको बताउनुभएको छ ।