काठमाडौं । बोधिसत्व विहार काठमाडौंले कोरोना (कोभिड–१९) का कारण परेको प्रभाव न्यूनीकरण गर्न सहजीकरण गर्ने उद्देश्यले नेपाल पत्रकार मञ्चलाई खाद्य सामग्री ‘फूड अफ लभ’ प्रदान गरेको छ ।
सोमबार सामामुखीस्थित लुनार सेकेण्डरी स्कूलमा आयोजित एक कार्यक्रममा नेपाल पत्रकार मञ्चका अध्यक्ष युवराज विद्रोहीलाई विहारमा अध्यक्ष हुवाइ गुयाङले ‘फूड अफ लभ’ हस्तान्तरण गर्नु भएको हो ।
कार्यक्रमा विहारका अध्यक्ष गुयाङले विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ बाट परेको प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव न्यूनीकरण गर्न सहयोगी भूमिका खेल्ने पत्रकारहरुका लागि मानवीय सहयोग गर्न पाउँदा आफूलाई खुशी लागेको बताउनुभयो ।
विहारबाट प्राप्त ‘फूड अफ लभ’ सोमबार नै नेपाल पत्रकार मञ्च आबद्ध ८० जना पत्रकारलाई वितरण गरिएको नेपाल पत्रकार मञ्चका अध्यक्ष युवराज विद्रोहीले जानकारी दिनुभयो ।









प्रतिक्रिया दिनुहोस्