
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमाले नेता झलनाथ खनाललाई सरकारले २४ लाख पेस्की उपचार खर्च उपलब्ध गराएको छ ।
अर्थ मन्त्रालयका अनुसार १५ ला भारतीय रुपैया (नेपाली २४ लाख) सरकारले एपोलो अस्पतलालाई भुक्तानी दिइसकेको छ ।
सरकारले कानूनविपरित पूर्वपधानमन्त्री खनालको सम्पूर्ण उपचार खर्च व्योहोर्ने निर्णय गरेको थियो ।
जनस्वास्थ्य ऐन, २०७५ अनुसार विदेशमा उपचार गर्ने कसैलाई पनि राज्यकोषबाट उपचार खर्च नदिने व्यवस्था छ ।
केपी ओली नेतृत्वको अघिल्लो सरकारले जाँदाजाँदै १७ असारमा खनालको सम्पूर्ण उपचार खर्च व्यहोर्ने निर्णय गरेको थियो ।
शेरबहादुर देउवा नेतृत्वको अहिलेको सरकारले रकम भुक्तानी गरेको हो ।
प्रतिक्रिया दिनुहोस्