Logo २१ माघ २०८२, बुधबार | Wed Feb 4 2026


‘साग’ पुरुष फुटबलमा नेपालको पहिलो भिडन्त भुटानसित


0
Shares

काठमाडौं, मंसिर १२ । १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत् पुरुष फुटबलमा नेपालको पहिलो भिडन्त भुटानसित हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीबार सार्वजनिक गरेको नयाँ खेलतालिकाअनुसार नेपालको पहिलो प्रतिद्वन्द्वी भुटान परेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले भुटानसित यही मंसिर १७ गते खेल्नेछ । अर्को दिन नै नेपालको भिडन्त श्रीलंकासित हुने भएको छ । नेपालले मंसिर २० गते माल्दिभ्ससित र २२ गते बंगलादेशसित खेल्नेछ ।

पाँच राष्ट्र सहभागी हुने पुरुष फुटबल ‘राउन्ड रोबिन लिग’का आधारमा हुनेछ । शीर्ष दुई टोलीले स्वर्णपदकका लागि खेल्नेछन् ।

भारतले अन्तिम समयमा नाम फिर्ता लिएपछि नयाँ खेलतालिका सार्वजनिक गरिएको हो ।

नेपाल साविकको स्वर्णपदक विजेता हो । गत संस्करणमा नेपालले फाइनलमा भारतलाई २–१ ले हराएर स्वर्णपदक जितेको थियो ।

महिलातर्फ

सागअन्तर्गत् महिलातर्फको फुटबलमा नेपालसहित भारत, श्रीलंका र माल्दिभ्स गरी चार टोलीले भाग लिँदैछन् । ‘राउन्ड रोबिन लिग’का आधारमा हुने खेल हुनेछ ।

नेपालले पहिलो खेल मंसिर १७ गते श्रीलंकासित खेल्नेछ । दोस्रो खेल १९ गते माल्दिभ्ससित र मंसिर २१ गते भारतसित खेल्नेछ ।

अन्तिम समयमा बंगलादेश, पाकिस्तान र भुटानले नखेल्ने बताएका थिए ।

लिगका शीर्ष दुई टोलीले स्वर्णपदकका लागि फाइनलमा मंसिर २३ गते खेल्नेछन् ।