काठमाडौं, मंसिर १२ । १३औं दक्षिण एसियाली खेलकुद (साग)मा १९ हजार सुरक्षाकर्मीले सुरक्षा व्यवस्था मिलाउने भएका छन् ।
साग प्रचारप्रसार तथा प्रकाशन समितिले बिहीबार काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा साग सुरक्षा समिति संयोजक प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले *१८ हजार ९३३ सुरक्षाकर्मी परिचालन गरिने बताए ।
उनले काठमाडौं उपत्यकाभित्र १६ हजार र बाँकीले पोखरा र जनकपुरमा सुरक्षा दिने जानकारी दिए ।
महानिरीक्षक खनालले सुरक्षा संवेदनशीलता हेरेर सादा पोसाकका सुरक्षाकर्मीहरुले सुरक्षा दिइरहने, सीसीटीभीबाट निगरानी गरिने र आवश्यकतानुसार सुरक्षाकर्मी थप्न पनि सकिने बताए ।
साग देशकै प्रतिष्ठा भएको भन्दै उनले विदेशबाट आउने पाहुनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि खेल सकिएर विमानस्थलसम्मै पुर्याउने व्यवस्थाका क्रममा सबैलाई सुरक्षा प्रदान गरिने बताए ।
जोर–बिजोर प्रणाली
महानिरीक्षक खनालले सुरक्षा र ट्राफिक व्यवस्थापनलाई सहज बनाउन मंसिर १५ गते उद्घाटनका दिन र मंसिर २४ गते समापनका दिन काठमाडौं उपत्यकामा सवारी–साधनमा जोर–बिजोर प्रणाली लागू गरिने जानकारी दिए ।
१५ गते बिजोर र २४ गते जोर नम्बरप्लेटका सवारी–साधनमात्र चलाउन पाइनेछ ।
ट्राफिक व्यवस्थापन सहज बनाउन सकभर सवारीको प्रयोग कम गर्नसमेत उनले आग्रह गरेका छन् ।
*सच्याइएको । १८ हजार ९३३ सुरक्षाकर्मी हुनुपर्ने ठाउँमा यसअघि अन्यथा भएकाले सच्याइएको छ–सम्पादक ।





प्रतिक्रिया दिनुहोस्