 
	    काठमाडौं, साउन ७ । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालस्थित जापानी राजदूत किकुता युताकाले भेट गर्दै बधाई दिनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार दिउँसो भएको भेटमा प्रधानमन्त्रीमा नियुक्त हुनुभएकामा देउवालाई राजदूत युताकाले बधाई एवं शुभकामना दिनुभएको थियो ।
त्यसक्रममा, राजदूत युताकाले जापानी प्रधानमन्त्री सुगा योसिहिदेले पठाएको बधाई सन्देश पनि हस्तान्तरण गर्नुभएको थियो ।
भेटमा प्रधानमन्त्री देउवाले नेपाल र जापानबीचको द्विपक्षीय सम्बन्धलाई अझै बलियो बनाउने बारेमा छलफल गर्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।

कोरोनाविरुद्धको १६ लाख डोज अष्ट्राजेनेका खोप नेपाललाई अनुदानमा उपलब्ध गराउन लागेकामा प्रधानमन्त्री देउवाले जापान सरकारलाई धन्यवाद पनि दिनुभयो । उक्त खोप केही दिनमै नेपाल आउने पनि जनाइएको छ ।
राजदूत युताकाले भने भविष्यमा थप खोप पनि नेपाललाई दिने प्रतिवद्धता जनाउनुभएको प्रधानमन्त्री देउवाको निजी सचिवालयले जानकारी दिएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्