Logo २१ माघ २०८२, बुधबार | Wed Feb 4 2026


१३ औं साग: आज भलिबलका खेलहरु हुँदै


0
Shares

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद सागअन्तर्गत आज(बिहीबार) पनि भलिबलतर्फका खेलहरु हुने भएका छन् ।

त्रिपुरेश्वरस्थित राखेप कर्भडहलमा दिउँसो १ बजे र ३ बजे पुरुष भलिबल हुने छ भने अपरान्ह ५ र राति ७ बजे महिला भलिबल हुने छ ।

दिउँसो १ बजे आज पाकिस्तान र माल्दिभ्स तथा ३ बजे भारत र बंगलादेश आमने सामने हुने छन् ।

महिलातर्फ अपरान्ह ५ बजे नेपाली टिमले भारतसँग प्रतिस्पर्धा गर्ने छ भने राति ७ बजे पाकिस्तान र श्रीलंका आमने सामने हुने छन् ।

पाकिस्तानको महिला टिम भने यस प्रतियोगितामा सहभागी छैन् । जसका कारण माल्दिभ्सले बुधबार वाक ओभर पाउँदै स्पष्ट तीन अंक जोडेको थियो ।

यसअघि हिजो भएको महिला भलिवलमा नेपालले बंगलादेशलाई हराएको थियो भने पुरुष तर्फको खेलमा बंगलादेशले नेपाललाई पराजित गरेको थियो ।