Logo २६ पुस २०८२, शनिबार | Sat Jan 10 2026


प्रधानमन्त्री देउवाप्रति रवीन्द्र मिश्रको व्यङ्ग्यः चेत्न पनि चेतना चाहिन्छ !


0
Shares

काठमाडौं, साउन ६ । पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचार खर्च राज्यको ढुकटीबाट ब्यहोर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको भनाइप्रति विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले आपत्ति जनाउनुभएको छ ।

पारिवारिक रुपमा सम्पन्न पूर्वप्रधानमन्त्री खनाललाई उपचार खर्च सरकारले ब्यहोर्छ भनेकामा मिश्रले आपत्ति जनाउनुभएको हो ।

पाँच पाँच पटक प्रधानमन्त्री हुँदा पनि चेत नपलाएको तर्फ इग्गित गर्दै मिश्रले आफ्नो सामाजिक सञ्जाल एकाउन्ट ट्वीटरमा व्यङ्ग्यात्मक रुपमा लेख्नुभएको छ, ‘चेत्न पनि चेतना चाहिन्छ ।’

नेताका नाममा भइरहेको आर्थिक अपचलनप्रति प्रश्न गर्दै उहाँले लेख्नुभएको छ, ‘चेत्न पनि चेतना चाहिन्छ: पाचौँ पटक प्रम बनेका देउवा, भारतमा उपचाररत, पारिवारीकरूपमा संभवत सम्पन्न, पूर्व प्रम खनाललाई भन्छन् –तपाईंको खर्च सरकारले ब्योहर्छ । नेताको उपचार खर्च सरकारले ब्योहोर्ने, नेताको नाममा फाउण्डेशन बनाएर सरकारले पैसा दिने आदि कुकार्यलाई कसरी रोक्ने होला ?’