Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


प्रतिस्थापन विधेयकको तयारीमा सरकार


0
Shares

काठमाडौं । केपी ओली सरकारले अध्यादेशमार्फत ल्याएकाे बजेट वर्तमान शेरबहादुर देउवाको सरकारले संसद्मा पेश गर्ने तयारी गरेको छ । यसका साथै प्रतिस्थापना विधेयक पनि अघि बढाउने सरकारको तयारी छ ।

प्रतिनिधिसभा नभएको समयमा ल्याइएको अध्यादेशलाई निरन्तरता दिनुपर्ने अवस्थामा प्रतिस्थापन विधेयक ल्याइने संविधानविद् बताउँछन् ।’प्रतिस्थापन गर्दा हुबहु त्यही बजेट आउन पनि सक्छ । तयसलाई संसोधन गरेर ल्याउन पनि सक्छ,’ संविधानविद् हरिहर दाहाल भन्छन् ।

आइतबारदेखि सुरु हुने ससंद् अधिवेशनमा ओली सरकारले अध्यादेशमार्फत ल्याएको बजेटलाई संसोधन गर्ने गरी प्रतिस्थापन विधेयकको तयारी गरिएको अर्थ मन्त्रालय स्रोतले बताएको छ। अध्यादेशमार्फत ल्याएको बजेट वा कुनै पनि कानुन प्रतिनिधिसभाको बैठक बसेको ६० दिनभित्र संसद्मा पेश गर्नुपर्ने कानुनी प्रवाधान अनुसार संसद् सुरु भएको पहिलो दिनमै पेश गर्ने तयारी भएको हो ।

कारोबार