काठमाडौं । बालुवाटारको ललिता निवासको जग्गा प्रकरणका अभियुक्त कांग्रेस नेता विजयकुमार गच्छदारलाई धरौटीमा छाड्ने विषेश अदालतका अध्यक्षको सरुवा भएको छ ।
गच्छदारलाई छाडेको दुई दिनमै विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की इलाम सरुवा हुनुभएको हो ।
कार्कीलाई उच्च अदालत विराटनगरअन्तर्गत इलाम इजलासको मुख्य न्यायाधीशका रुपमा काजमा पठाइएको छ ।
सर्वोच्चले कार्कीको काज सरुवाको निर्णय भने सार्वजनिक गरेको छैन् । अध्यक्ष कार्कीले काज सरुवाको निर्णय भएको जानकारी दिनुभयो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ करोड ५६ लाख रुपैयाँ बिगो दाबी गरेर मुद्दा चलाएका गच्छदारलाई १० लाख धरौटीमा छाडिएको थियो ।
गच्छदारलाई १० लाख धरौटीमा छाडेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा असन्तुष्ट रहेको स्रोतले जनाएको छ ।
मुद्दा चलेको डेढ वर्षपछि परार गच्छदार कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको भोलिपल्टै अदालतमा उपस्थित भएका थिए । उनलाई अदालतले त्यही दिन धरानैटीम छाडेको थियो ।








प्रतिक्रिया दिनुहोस्