Logo २१ माघ २०८२, बुधबार | Wed Feb 4 2026


महिला भलिबल खेलाडी नगद तीनलाख सहित सम्मानित


0
Shares

काठमाडौं । बंगलादेशमा सम्पन्न एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन महिला भलिबलको उपाधि जित्न सफल नेपाली टोलीका खेलाडीहरु सम्मानित भएका छन् ।

अर्थमन्त्री युवराज खतिवडाले आज राजधानीमा आयोजित एक विशेष समारोहमा खेलाडीहरुलाई जनही तीन लाख रुपैंयाको नगद पुरस्कारसहित सम्मान गरे ।

प्रतियोगिता अवधिभर एउटा पनि सेट नगुमाएको नेपालले फाईनलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराउँदै ऐतिहासिक उपाधि हात पारेको थियो ।

१३ औं सागको औपचारिक उद्घाटन आगामि आईतवार मात्रै भएपनि भलिबल खेलहरु यही बुधवारदेखि सुरु हुँदैछन् ।

महिला तथा पुरुष दुबै विधाका खेलहरु दशरथ रंगशालास्थित कभर्ड हलमा हुनेछ । सागको भलिबलमा नेपाल, भारत, बंगलादेश, माल्दिभ्स र श्रीलंका सहभागि छन् ।