Logo १० कार्तिक २०८२, सोमबार | Mon Oct 27 2025


पाँचथरमा उपनिर्वाचनको तयारी अन्तिम चरणमा


0
Shares

पाँचथर । यही मंसिर १४ गते हुने उपनिर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ ।

निर्वाचन प्रयोगका लागि दिइने सामाग्रीहरु तयारी अवस्थामा रहेको जिल्ला निर्वाचन कार्यालय पाँचथरका निमित्त जिल्ला निर्वाचन अधिकारी सरोज मेहत्ताले जानकारी दिए ।

यसअघि मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई मतदान तथा मतगणना सम्वन्धी प्रशिक्षण दिइसकिएको कार्यालयले जनाएको छ ।

यस्तै राजनीतिक दलसँग छलफल अन्तरक्रिया कार्यकम गरिसकिएको, मतदाता शिक्षा कार्यक्रम अन्र्तगत कार्यकर्ताहरु मतदान स्थलमा खटिसकिएको उनले बताए ।

मत बदर न्यूनीकरण गर्ने प्रयास स्वरुप मतदातालाई अहिले फाल्गुनन्द गाउँपालिकामा १४ जना, फिदिम नगरपालिका वडा नम्बर १ र हिलिहाङ गाउँपालिका वडा नम्बर ७ मा २, २ जनाका दरले सहजकर्ता परिचालन गरिएको कार्यालयले जनाएको छ ।

फाल्गुनन्द गाउँपालिकामा अमरकुमार नेम्बाङको निधन भएपछि पालिका प्रमुखमा, फिदिम नगरपालिका वडा नम्बर १ मा वडाअध्यक्ष हर्कबहादुर मोक्तानको निधन भएपछि वडाअध्यक्ष पदमा र हिलिहाङ गाउँपालिका वडा नम्बर ७ मा वडाअध्यक्ष तीर्थ तिम्सिनाको निधन भएपछि वडा अध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको हो ।