३ श्रावण २०८२, शनिबार | Sat Jul 19 2025


चीनले हजारौं मुसलमानहरुलाई बन्दी बनाएर दुव्र्यवहार गरेको बेलायतको आरोप


0
Shares

काठमाडौं । बेलायतले चीनको सिनजियाङ प्रान्तमा संयुक्त राष्ट्रसंघका पर्यवेक्षकहरु निर्वाध रुपमा जान पाउनुपर्ने माग गरेको छ ।

चीनको सिनजियाङ प्रान्तमा हजारौं मुसलमानलाई कडा सुरक्षाका बीच बन्दी बनाएर राखिएको सूचना सार्वजनिक भएलगत्तै बेलायतले राष्ट्रसंघका पर्यवेक्षक निर्वाध रुपमा जान पाउनुपर्ने माग गरेको हो ।

समाचारमा जनाइए अनुसार ती बन्दीहरुमाथि दुव्र्यवहार हुनुका साथै मानवअधिकारको समेत उल्लंघन गरिएको छ ।

तर चीनले भने स्वेच्छिक शिक्षा र प्रशिक्षण प्रदान गरेको दावी गरेको छ । चीनले ती मुसलमानहरुलाई कडा सजाय दिएको प्रतिवेदन फेला पारेको बीबीसीले दावी गरेको छ ।

बेलायतका लागि चिनियाँ राजदुत लियु सियामिङले मुसलमानहरुमाथि दुव्र्यवहार भएको भनिएको समाचारमा सत्यता नभएको दावी गरे । एजेन्सी